कान्ति अस्पतालले आईसीयूमा ३४ शैया थप्ने, सहयोग गर्न स्वास्थ्य मन्त्रालय तयार
र्इसीयू कक्षलाई बढाएर ५२ शैया बनाउन लागिएको अस्पतालले जनाएको हो ।
यसको लागि अस्पतालले निर्माण कार्य गरिएको छ । अस्पतालमा हाल २८ दिन मुनीका बालबालिकाको सघन उपचारका लागि नियोनेटल इन्टेन्सिभ कियर युनिट र २८ दिन माथिको शिशुका लागि पेडियाट्रिक सघन उपचार कक्ष गरी जम्मा १८ शैश्याको आईसीयू कक्ष सञ्चालन गर्दै आएको छ ।
उक्त कक्षमा सर्जिकल, नवजात शिशु उपचार कक्ष र नियोनेटल उपचार कक्ष समवेश गरिनेछ । जसमा उपचारका लागि ५० शैया तथा टिटानस लगायतका अन्य कडा रोगका उपचारका लागि अन्य दुईवटा कक्ष छुट्याइनेछ ।
अस्पतालमा हाल आवश्यक शैयासहितको आइसीयू कक्ष सञ्चालनको अभावमा हाल थुप्रै विरामी अन्यत्र जानु पर्ने बाध्यता छ ।
अस्पतालका निर्देशक अजित रायमाझीले पर्याप्त रकम अभावमा हाल अस्पतालमा आईसीयू कक्षको निर्माणमा ढिलाई भएको बताएका छन् । उनले हाल आर्इसीयू निर्माणका लागि १३ करोड रुपैयाँ रकम अभाव भएको भन्दै मन्त्रालयले सहयोग गरे आगामी दुई महिनाभित्रै उक्त कक्ष सञ्चालनमा ल्याउन सकिने बताएका छन् ।
अस्पताल हाल नेपाल सरकार तथा विकास समितिमार्फत सञ्चालित छ । तर, रकम अभाव भएको बताएपछि स्वास्थ्य मन्त्रालयले सहयोग गर्ने बताएको छ ।
मंगलबार अस्पताल निरीक्षण गर्न पुगेका स्वास्थ्य मन्त्री गगन थापाले यस विषयलाई उच्च प्राथमिकतामा राखेको र आवश्यक सहयोग गर्ने बताएका छन् । उनल भने, ‘आईसीयू सञ्चालनका सम्बन्धमा मन्त्रालयको आवश्यक सहयोग पाए तुरुन्तै सञ्चालनमा ल्याउने भन्नु भएको छ, यसका लागि मन्त्रालयले आफ्नै स्रोतसाधन परिचालन गरेर भएपनि सहयोग गर्नेछ ।’
मन्त्रालयका सचिव सेनेन्द्रराज उप्रेतीले मन्त्रालयले छिट्टै आवश्यक रकमको व्यवस्था गर्ने बताएका छन् । ‘आगामी सय दिनभित्रमा तपाईहरु थप शैयाको आर्इसीयू कक्ष