Advertisement




क्षामन्त्री पौडेलले अनलाइनखबरसँग भने, ‘चिकित्सा शिक्षा ऐन छिट्टै संसदमा पेश गर्छौं । र, ऐन नबन्दा कुनै पनि मेडिकल कलेजलाई सम्वन्धन नदिन सचेत गराएका छौं ।’
चिकित्सा शिक्षा ऐन सरकारले व्यवस्थापिका संसदमा दर्ता गरेपनि संसदमा टेबल भएको छैन । सम्भव भए भोलि र नभए अर्को बैठकमा दर्ता गर्ने सरकारको तयारी छ । ‘ऐनमा संशोधन गर्नु पर्ने भनिएका विषयहरु संशोधनको बाटोबाट आउँछ,’ स्वास्थ्यमन्त्री गगन थापाले भने, ‘यसलाई सुधार गरेर लिएर जाने निर्णय भएको छ ।’
त्रिभुवन विश्वविद्यालयका उपकुलपतिले नै नेसनल मेडिकल कलेजलाई सम्वन्धन दिन दबाव दिएको समाचार बाहिर आएको थियो । र, यसबारे निर्णय गर्न चिकित्साशास्त्र अध्ययन संस्थान आईओएमले भोलि २९ गते फ्याकल्टी बैठक समेत बोलाएको छ ।
आफूसँग भएको सम्झौता र माथेमा आयोगको प्रतिवदेन विपरित सम्वन्धन दिन लागेको भन्दै डा. केसीले २ गतेभित्र सम्झौता कार्यान्वयन गर्न सरकारलाई अल्टिमेटम दिएका छन् । नभए असोज ३ गतेबाट नवौं आमरण अनसन सुरु गर्ने डा. केसीले बताए ।
मनमोहन अस्पताल किन्ने प्रक्रिया थालिने
सरकारले डा. केसीसँगको सहमति अनुसार मनमोहन स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक फिर्ता लिने भएको छ ।
स्वास्थ्यमन्त्री थापाले भने, अघिल्लो सरकारसँग भएको सम्झौता अनुसार अस्पतालको सम्पत्ति नेपाल एकेडेमी फर मेडिकल साइन्स (नाम्स)ले लिने प्रक्रिया अघि बढाउने निर्णय भएको छ ।’ मनमोहन अस्पतालसहितको सम्पत्ति नाम्सले लिएपछि त्यसको नाम परिर्वतन गरेर मनमोहन स्वास्थ्य विज्ञान प्रतिष्ठान राख्ने प्रक्रिया अघि बढाउनेछ ।
Advertisement

Post a Comment

Powered by Blogger.