र्इसीयू कक्षलाई बढाएर ५२ शैया बनाउन लागिएको अस्पतालले जनाएको हो ।
यसको लागि अस्पतालले निर्माण कार्य गरिएको छ । अस्पतालमा हाल २८ दिन मुनीका बालबालिकाको सघन उपचारका लागि नियोनेटल इन्टेन्सिभ कियर युनिट र २८ दिन माथिको शिशुका लागि पेडियाट्रिक सघन उपचार कक्ष गरी जम्मा १८ शैश्याको आईसीयू कक्ष सञ्चालन गर्दै आएको छ ।
उक्त कक्षमा सर्जिकल, नवजात शिशु उपचार कक्ष र नियोनेटल उपचार कक्ष समवेश गरिनेछ । जसमा उपचारका लागि ५० शैया तथा टिटानस लगायतका अन्य कडा रोगका उपचारका लागि अन्य दुईवटा कक्ष छुट्याइनेछ ।
अस्पतालमा हाल आवश्यक शैयासहितको आइसीयू कक्ष सञ्चालनको अभावमा हाल थुप्रै विरामी अन्यत्र जानु पर्ने बाध्यता छ ।
अस्पतालका निर्देशक अजित रायमाझीले पर्याप्त रकम अभावमा हाल अस्पतालमा आईसीयू कक्षको निर्माणमा ढिलाई भएको बताएका छन् । उनले हाल आर्इसीयू निर्माणका लागि १३ करोड रुपैयाँ रकम अभाव भएको भन्दै मन्त्रालयले सहयोग गरे आगामी दुई महिनाभित्रै उक्त कक्ष सञ्चालनमा ल्याउन सकिने बताएका छन् ।
अस्पताल हाल नेपाल सरकार तथा विकास समितिमार्फत सञ्चालित छ । तर, रकम अभाव भएको बताएपछि स्वास्थ्य मन्त्रालयले सहयोग गर्ने बताएको छ ।
मंगलबार अस्पताल निरीक्षण गर्न पुगेका स्वास्थ्य मन्त्री गगन थापाले यस विषयलाई उच्च प्राथमिकतामा राखेको र आवश्यक सहयोग गर्ने बताएका छन् । उनल भने, ‘आईसीयू सञ्चालनका सम्बन्धमा मन्त्रालयको आवश्यक सहयोग पाए तुरुन्तै सञ्चालनमा ल्याउने भन्नु भएको छ, यसका लागि मन्त्रालयले आफ्नै स्रोतसाधन परिचालन गरेर भएपनि सहयोग गर्नेछ ।’
मन्त्रालयका सचिव सेनेन्द्रराज उप्रेतीले मन्त्रालयले छिट्टै आवश्यक रकमको व्यवस्था गर्ने बताएका छन् । ‘आगामी सय दिनभित्रमा तपाईहरु थप शैयाको आर्इसीयू कक्ष 





क्षामन्त्री पौडेलले अनलाइनखबरसँग भने, ‘चिकित्सा शिक्षा ऐन छिट्टै संसदमा पेश गर्छौं । र, ऐन नबन्दा कुनै पनि मेडिकल कलेजलाई सम्वन्धन नदिन सचेत गराएका छौं ।’
चिकित्सा शिक्षा ऐन सरकारले व्यवस्थापिका संसदमा दर्ता गरेपनि संसदमा टेबल भएको छैन । सम्भव भए भोलि र नभए अर्को बैठकमा दर्ता गर्ने सरकारको तयारी छ । ‘ऐनमा संशोधन गर्नु पर्ने भनिएका विषयहरु संशोधनको बाटोबाट आउँछ,’ स्वास्थ्यमन्त्री गगन थापाले भने, ‘यसलाई सुधार गरेर लिएर जाने निर्णय भएको छ ।’
त्रिभुवन विश्वविद्यालयका उपकुलपतिले नै नेसनल मेडिकल कलेजलाई सम्वन्धन दिन दबाव दिएको समाचार बाहिर आएको थियो । र, यसबारे निर्णय गर्न चिकित्साशास्त्र अध्ययन संस्थान आईओएमले भोलि २९ गते फ्याकल्टी बैठक समेत बोलाएको छ ।
आफूसँग भएको सम्झौता र माथेमा आयोगको प्रतिवदेन विपरित सम्वन्धन दिन लागेको भन्दै डा. केसीले २ गतेभित्र सम्झौता कार्यान्वयन गर्न सरकारलाई अल्टिमेटम दिएका छन् । नभए असोज ३ गतेबाट नवौं आमरण अनसन सुरु गर्ने डा. केसीले बताए ।
मनमोहन अस्पताल किन्ने प्रक्रिया थालिने
सरकारले डा. केसीसँगको सहमति अनुसार मनमोहन स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक फिर्ता लिने भएको छ ।
स्वास्थ्यमन्त्री थापाले भने, अघिल्लो सरकारसँग भएको सम्झौता अनुसार अस्पतालको सम्पत्ति नेपाल एकेडेमी फर मेडिकल साइन्स (नाम्स)ले लिने प्रक्रिया अघि बढाउने निर्णय भएको छ ।’ मनमोहन अस्पतालसहितको सम्पत्ति नाम्सले लिएपछि त्यसको नाम परिर्वतन गरेर मनमोहन स्वास्थ्य विज्ञान प्रतिष्ठान राख्ने प्रक्रिया अघि बढाउनेछ ।
Powered by Blogger.